बिपना शर्मा,
बैशाख ९ गते,
बारामा श्रिमानले आफ्नै श्रीमतीको हत्या गरेको घटना बाहिरीएको छ । जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित छिमेक लघुुबित्तिय संस्था अगाडि बसोबास गर्दै आएका एक दामपत्यको आपसी झै झगडामा श्रीमानले टाउँकोमा ईटाले हिर्काएर श्रीमतीको हत्या गरेका छन ।

मृत्युु हुुनेमा ४५ बर्षिय पार्बती थापा रहनुुभएको छ । उनको आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा शव फेला परेको प्रहरीले जनाएको छ । श्रीमान ५८ बर्षिय हरि कार्की हत्या गरेर गएराती देखि नै फरार रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुुभयो ।

परिवारजनले यो घट्ना आज बिहान १० बजे मात्र थाहा पाएर प्रहरीले खबर गरेका हुुन् । दिन्हौँको श्रीमान श्रीमतीको झै झगडा भनेर तल्लो तल्लामा बस्ने परिवारको सदस्यहरुले हल्ला सुुनेर पनि आएका थिएनन् । ईलाका प्रहरी कार्यालय सिमरा बाराले घट्ना स्थलको मुुचुुल्का उठाई थप अनुुसन्धान गरिरहेको जनाएको छ ।


