रास्वपाको ‘पल्स आरएसपी’ प्रणाली लागू, सांसदका गतिविधि अब डिजिटल निगरानीमा

SLF KHABAR
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदका गतिविधि, नागरिकका गुनासा र निर्वाचन क्षेत्रका कार्यक्रमको अभिलेख राख्न ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

पार्टीलाई पूर्ण रूपमा डिजिटल बनाउने अभियानअन्तर्गत विकसित गरिएको यो प्रणालीबारे सांसदहरूलाई जानकारी दिन र साइबर सुरक्षासम्बन्धी सचेतना फैलाउन रास्वपाले सिंहदरबारस्थित कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

नयाँ प्रणाली लागू भएसँगै सांसदहरूले संसद् बैठकपछि आफ्ना गतिविधि अनिवार्य रूपमा सिस्टममा अद्यावधिक गर्नुपर्नेछ। साथै, भेटघाटका लागि समय व्यवस्थापन, संसद्मा उठाइने विषय, निर्वाचन क्षेत्रका भ्रमण तथा नागरिकसँग भएका अन्तरक्रियाको विवरण पनि यही प्रणालीमार्फत राख्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाले यसलाई सांसदको कार्यसम्पादनलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउने महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *