पर्सा, १५ असार
पर्सा जिल्ला मा मंगलवार विहान चटयाङबाट ३ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको सखुवाप्रसौनी गाँउपालिका वडा नं.४ मा पर्ने देवरबानाका ५५ वर्षीय रधुबिर यादवले भैसी चराउन पटेर्वासुगौली गाउँपालिका वडा ४ पथरैयामा गएका बेला चटयाङग लागेर यादवको मृत्यु भएको हो ।

यसै गरी जिराभवानी गाउँपालिका वडा नं.३ जीतपुरबस्ने ५० वर्षीय असतुरनी देवी थरुनी तथा पटेर्वासुगौली गाउँपालिका वडा.१ गदियानीका २७ वर्षिय रोसलान गद्धीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको हो ।

पटेर्वासुगौली गाउँपालिका वडा नं.१ निवासी राजबली गदी मंगलवार नैँ चटयाङग लगेर घाइते भएका छन । उनलाई उपचारको लागि बिरगंज स्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले बताएका हुन ।

