समुदायिक विधालयलाई निःशुल्क सेनेटरी प्याड वितरण

रोशन गुप्ता /
जीतपुर, १६ असार
जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत पर्ने सम्पुर्ण समुदायिक विधालयलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भएको छ । हाल जितपुरसिमरा उपमहानगर पालिका अन्तरगत ६१ वटा समुदायिक विधालय रहेको छ ।


आज जीतपुरसिमरा उपमहानगरपालिकामा बेसेको बैठमा नगर उप–प्रमुख सरस्वती देवी चौधरी तथा प्याड वितरण व्यवस्थापन समितिले सो निर्णय गरिएको हो । बैठमा गरिएको निर्णय अनुसार कक्षा ४ देखि कक्षा १२ सम्मका छात्राहरुलाई निःशुल्क वितरण गर्ने भएको छ । हाल नगरपालिकाले २ लाख ३५ हजारको सेनेटरी प्याड गरिद गरेको छ । नगरपालिकाले खरिद गरको प्याड समुदायिक विधालयका प्रत्येक छात्राहरुलाई ६ महिना को लागि ५ को दरले ३० वटा वितरण गर्ने निर्णय बनाएको छ ।

महिनावारीको समयमा छात्राहरु विधालय नजाने गरेको गुनासो बढ्दै गएपछि छात्रालाई विधालयमा निरन्तरता दिन र स्वास्थ्यमा सुरक्षित हुने हिसाबले नगरपालीकाले सेनेटरी प्याट वितगरण गर्नलागेको हो । गाउँ घरमा महिलाहरु एउटै कपडा पटक–पटक प्रयोग गर्ने हुदा त्यो स्वास्थ्यको लागि सुरक्षित नहुने त्यही सनेटरी प्याड प्रयोग गर्नेहो भने छात्राहरु कक्षा निरन्तरता दिन सक्छन । हाम्रो नगरपालिका सनेटरी प्याडमा चाढै आत्मनिर्भर हुने जानकारी नगर उप–प्रमुख सरस्वती देवी चौधरीले दिइन ।

शिक्षा युवा तथा खेलकुद प्रमुख शिवजी प्रसादका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका अन्तरर्गत हाल ६१ वटा समुदायिक बिधालय रहको र सो विधालयमा ६ हजार ९ सय ३५ छात्राहरु रहेको छन । प्रत्येक छात्राहरुलाई ६ महिना को लागि ५ को दरले ३० वटा वितरण गर्ने हो भने हरेक ६ महिनामा नगरपालिकालाई २ लाख ३५ हजार बजेको अवस्यक्ता पर्ने हुनेछ । त्यसै गरि हरेक वर्ष कार्यक्रमलाई सम्पन्न गर्न नगरपालिकालाई करिब ४ लाख ७० हजार बजेटको आवश्यक पर्छ । छिमेकी राष्ट्रहरु बाट प्याड खरिद गर्दा महगो पर्ने हुन्छ । केही वर्ष सम्मका लागि नगरपालिकाले प्याड किनेर वितरण गरे पनि बिस्तारै नगरपालिका मै यसको उत्पादन गर्ने तथा आत्मनिर्भर हुनैपर्ने उनको तर्क छ ।


आज बसेको बैठमा नगर उप–प्रमुख सरस्वती देवी चौधरी , राम दुलारी थारुनी (महिला सदस्य) , रवि कुमार भाषकर (जनस्वास्थ्य शाखा प्रमुख) , सिमा यादव (महिला विकास अधिकृत) , शिवजी प्रसाद (शिक्षा युवा तथा खेलकुद प्रमुख) , चेत कुमार पोखरेल (प्र.प्र.अ.) , हरिब प्रसाद साह (शिक्षा अधिकृत) उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *