जीतपुर–७, बारा
मंसिर–१७ गते
बारा जिल्लाको जितपुरसिमरा उपमहा नगरपालिका को राजधानी सहर जितपुर–७ अन्तरर्गत पर्ने फकिरा गिरी राजेश्वर गिरी उच्च मा.वि मा मा आज विहान एक कार्यक्रमबिच वडा अध्यक्ष रामबाबु कलवारले रिबिन काटी शौचालयको उदघाटन गर्नुभएको हो । उपमहा नगरपालिका को शिक्षा युवा तथा खेलकुद महा साखा बाट रु ७ लाख बाट सौचालय संम्पन्न भएको हो । सौचालय भित्र दुईवटा रुम र ९ वटा पिसाब गर्ने रिङ बनाईको प्रर्चाय राजु सिंहले जानकारी गराउनुभएको हो । शौचालय बन्नमा करिब ३ महिना लागेको समेत जानकारी प्रर्चाय सिंहले साझा गर्नुभएको हो ।
यस उदघाटन कार्यक्रममा वडा–७ का वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पासवान, मोहराम मसुर युवा नेता मनोज कुमार साह र नारी शक्ति बिकाश मन्चका अध्यक्ष आशा दाहाल, समाजसेवी शिवजी सोनार महिला नेत्री राधा साह शिक्षाका शिक्षिका लगाएतका उपस्थिती रहेको थियो ।




