१० किलो चरेश सहित एकजना पक्राऊ

बैतडी
१९ मसिंर २०७७

बझााङको बुङ्कल नगरपालिका ९ बस्ने ३० वर्षीय मानबहादुर धामी १० किलो चरेशसहित एक जना पक्राउ परेको बैतडीका प्रहरी प्रमुख नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी साझा गरेको हुन ।
पक्राउ पर्ने धामी राति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ बाट विषेश सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आर आइटी) र जिल्ला प्रहरी कार्यलय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक अधिकारीले जानकारी गराएका हुन । यस घटनाको थप अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *