पत्रकारलाई लागुऔषधमा फसाउने २ प्रहरी निलम्बित तथा दुई व्यक्ति प्रहरी फन्दामा

रौतहट, ७ भदौ /
लागुऔषधमा पक्राउ परेका पत्रकार निर्दोष व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले स्वीकारेको छ । प्राप्तभएको जानरकारीको हिसाबले यस षडयन्त्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि सहभागीता रहेको छ ।


पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागुऔषध नाइट्रोभेट सहित रौतहट प्रहरीले साउन ३२ गते पक्राउ गरेको थियो । हालै सार्वजनिक गरिएको एक सीसी टिभी को भिडियो फुटेजमा लागु औषध राख्दै गरेको देखिए पछि प्रहरीले अनुशन्धान अगाडी बढाएको छ । आप रोपे पछि आप नै पाईन्छ स्याउ होइन भनेझै यो षडयन्त्रकारीले जे गरे त्यही पाए ।


मोजुबुल्लाहलाई नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव संजय सहनीको आयोजनामा धिरज यादव र जितेन्द्र यादवलाई प्रयोग गरि लागुऔषध नाइट्रोभेट पत्रकार चढने मोटरसाइकलमा राखी शहनीले प्रहरी साहयक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई जानकारी दिई पक्राउ गर्न लगाएको थिए भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले दिएका हुन ।


यस षडयन्त्रमा रहेको घुमुवा प्रहरी उदय यादव तथा प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको जानकारी प्राप्त भएको छ । लागुऔषधमा सहित पक्राउ परेका पत्रकार भिडियो फुटेजमा निदोष देखिए पछि पत्रकार आलमलाई प्रहरीले थुनामुक्त गरेको छ ।
मोजिबुल्लाहलाई ठुलो षडयन्त्रमा फसाउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धी बिक्रम साह, डिएसपी नारायण प्रसाद चिमोरिया , घुमुवा प्रहरी उदय यादव तथा प्रहरी जवान मनोज शाह को सहभागीतारहेको हुनाले जबसम्म उच्चस्तरीय छानबिन समिती गठन हुदैन तब सम्म नेपाल पत्रकार महासंघ कनैू पनि पत्रकार सम्मेलनमा सहभागी नहुने जानकारी नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा ले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *