इन्धनको मुल्य फेरी बढयो, जानौ कतिको दरले फेरबदल भएको छ ।

सुरज गुप्ता /
काठमाडौ, ७ भदौ
नेपाल आयल निगमले फेरी इन्धनको मुल्य बढाएको छ । आज मध्येरात देखि लागु हुने गरि पेट्रोल, डिजल, मटीतेलमा प्रति लिटर रु २ का दरले फेरबदर भएको छ ।


उपत्यकामा पेट्रोल प्रतिलिटर १३० रुपैया र डिजेल तथा मटितेलको मुल्य ११३ रुपैया प्रति लिटर, आन्तरिक हवाई इन्धनको मुल्य ८६ रुपैया तथा एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैया बढाइ १ हजार ४५० कायम भएको जानकारी निगमका प्रवक्ता उपाध्यायले दिएका हुन ।


इन्धनमा मुल्य बढे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एल.पि. ग्याँसमा प्रति सिलिण्डरमा ४२०.७५ रुपैयाँ घाटा रहिरहने निगमले जानकारी साझा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *