जीतपुर तरकारी बजारको चौकमा सडक विभागलाई २० फिट डिभाइडर प्रयोग नगरियोस भन्दै ज्ञापन पत्र बुझाइयो

बारा, ३२ साउन /
व्यपारीक मार्ग विस्तार योजना (बिरगंज–पथलैया सडक) कार्यालयको चरम लापरवाहीको कारणले गर्दा जीतपुर वासी धुलोधुवामा ३ वर्ष कारोबार गर्न बाध्य भएकै हुन, त्यस माथी देशमा भएको महामारीको कारणले गरिएको लकडाउनको कारणले गर्दा व्यपार चौपट भएकै हो भने यसमा कुनै दुइ मतको कुरानै छैन ।


युवा नेता मनोज कुमार साहले सडक विभागलाई जीतपुर बाजारको मुख्य सडक खण्डमा करिब २० फिट डिभाइडर प्रयोग नगरियोस भन्दै ज्ञापन पत्र सडक विभागका इन्जिनिय विबेक गुप्ता ज्युलाई बुभएका हुन । साहले ज्ञापन पत्र वुझाउदै भने जीतपुर गुदरी बजार जीतपुरसिमरा उपमहानगरपालिका कै सबैभन्दा ज्यदा कर तिर्ने बजार पनि हो त्यसकुरालाई ख्याल गर्दै बजारको मुख्य नाकामा डिभाइडर हाली बर्वाद गर्ने पाउदैन अर्को कुराे जीतपुर बजार सस्तो बजार भएको कारणले गर्दा यहाँ अनेकौ जिल्ला का मानिसहरु बजार गर्ने आउने गरेको पनि छन तर मात्र डिभाइडर को कारणले गर्दा भाेलीकाे दिनमा त्यो संख्या दिन प्रतिदिन कम हुदै जानेछन ।


सडक को विवादीत नक्साले गर्दा जीतपुरको तरकारी तथा गुदरी बजार पुर्ण रुपले सखाप हुने भएको छ । देशको कुना–कुनामा सडक विभागले बजारलाई कुनै प्रकारको असर नपर्ने गरि बाटो निमार्ण गर्दै आएको सबले देखेकै हो तर बजारको मुख्य चौकमा नै सडक विभागले डिभाइडर हाल्ने निर्णय लिएको छ ।


सडक विभागका इन्जिनियर बिवेक गुप्ताले बताएकी रोडको नक्सा अनुसार नै हामी कार्य गरिरहनेछौ । टेडा चौक देखि जग्दम्बा केराढोका को बिचमा कुनै प्रकारको डिभाइडरमा परिर्वतन नगरिने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *