आईसीईएफ नेपालको संयोजनमा २५ परिवारलाई एकमहिना पुग्ने खाधान्य बितरण

काठमाण्डौ, २२ असोज /
अन्तराष्ट्रिय सांस्कृतिक तथा शैक्षिक संघ नेपालले दूई दर्जन बढी कोभिडका कारण समस्यामा परेका
परिवारलाई खाधान्य सहयोग गरेको छ ।

मबलबार पीस एम्बसी भवनमा आयोजित राहत बितरण कार्यक्रममा पूर्वमन्त्री एकनाथ ढकालले ती परिवारलाई
खाधान्य हस्तान्तरण गरेका हुन । कोभिड महामारीको बीचमा समस्यमा परेका परिवारलाई सहयोग गर्न भन्दै
चुजी फाउन्डेसनबाट प्राप्त खाधान्य सामग्री बितरण गरिएको हो । जसमा २५ केजी चामल आटा दाल,चिनि
लगायत एउटा परिवारलाई एक महिना पुग्ने खाधान्य समाबेस गरिएको छ ।

सो अवसरमा काठमाण्डौ, भक्तपुर, ललितपुर क्षेत्रका समस्यामा परेका ब्यक्ति तथा परिवारलाई सहयोग गरेको हो ।
खाधान्य बितरण गदै पूर्वमन्त्री ढकालले यो संकटको समयमा प्राप्त सहयोगलाई प्रेम र सदभावको उपहारको रुपमा लिनुपर्ने
कुरामा जोड दिए । सो खाधान्न सहयोग जुटाउन सामाजिक अभियान्ता पियारत्न महर्जनको भूमिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *