जीतपुरमा माओवादी वडा भेला सम्मपन्न

जीतपुर, २१ बारा /
जीतपुरसिमरा उपमहा नगरपालिका–७ असार २१ गते माओवादी वडा भेला सम्मपन्न गरेको हो । यस भेलामा जीतपुरका विकाश कसरी गर्ने तथा आम जनताहरुको समस्याहरुलाई कसरी किनारा लगाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो ।


माओवादी केन्द्रका अध्यक्ष अनिल श्रेष्ठ को प्रमुख आतिथ्यमा सम्मपन्न भएको यस भेलाले हृदयनारायण रौनियारको अध्यक्षतामा २५ सदस्यीय वडा एकाई समिति गठन गरिएको हो । यस कार्यक्रमको संचालक भने श्याम पासवानले गरेको थिए ।


यसैगरी आजको आयोजित भेलामा रामप्रकाश यादवको अध्यक्षतामा ३५ सदस्यीय वाइसिएल गठन भएको हो ।


यस कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश २ का सदस्य राजन पौडेल, हरी चौलागाई , राजदेव पासवान , तपिया रामलगायतले मन्तव्य व्यक्त दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *