कलैया, २८ भदौ
बाराको कलैयामा राष्ट्रिय युवा संघले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम सि सि ) सम्झौता खारेज गर भन्दै शन्तिपुर्ण माग गदैँ सोमवार प्रदर्शन गरेका छन । पार्टीको कलैया जिल्ला राष्ट्रिय युवा संघको आयोजना राष्ट्रिय स्वधिनताको रक्षा गरौ अमेरीकी समाज्वाद विरुद राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर, प्रहरी दमन मुर्दाबाद, नेपाल सरकार मुदाबाद, कठपुतली सरकार चाहिदैन जस्ता नारा लगाउदै कलैया बजार परिक्रममा गरि भरत चौक गएर कोण सभाग परिणत भइ बिरोध प्रदर्शन गरेका छन ।

कार्यक्रममा युवा संघ बाराका अध्यक्ष पुरुशोतम साहको अध्यक्षतामा सम्पन्न भएको थियो । साहले बिगतमा भएका सन्धी सम्झौताहरु भन्दा पनि यो एमसीसी परियोजना घातक हुने बताए । यदी एमसिसि संसदबाट पास भयो भने नेपालको कानुनको कुनै औचित्य नै रहदैन हामीले अमेरिकी साम्राज्यवादको अखडा मा बसनु बाध्ये बन्नु हुनपर्छ साहको भनाईछ ।

यस विरोध कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष पुरुशोतम साह, केन्द्रीय सदस्य अशोक तिवारी , प्रदेश सदस्य मनोज कुमार साह लगाएतका नेताहरुका सहभागीता रहेको थियो ।

