पर्सा, २९ भदौ /

प्रहरीले वीरगंजबाट प्रतिबन्धित भारु रुपैया सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी इनार्वाबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा ४ बस्ने २५ बर्षिय अजय कुमार शर्मालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वाबाट बीरगंज महानगरपालिका को वडा १६ रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले मंगलबार ५ बजे भारतबाट वीरगंज तर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको हरियो रंगको अपाचे मोटरसाइकल सवार शर्माको पछाडी भिरेको झोलामा प्रतिबन्धित भारतीय रु ५०० को दरको नोट २९६ थान को नोट–५ थान गरी जम्मा रु १ लाख ४८ हजार ५ सय फेला पारी उक्त रकम बरामद गरी उल्लेखित मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिइ राजश्व अनुसन्धान कार्यालयमा पथलैया बारामा बुझाइएको छ ।

शर्मा विरुद्ध प्रतिबन्धित मुद्रा सम्बन्धि कसुरमा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।


