काठमाडौँ
नेपालको राजधानी सहर काठमाडौँमा आन्दोलनरत उखु किसानलाई संघीय संसद्को उधोग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक हप्ता भित्र भुक्तानी गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन गरेको छ । सिंहदरबारमा बसेको बैठकले एक हप्ता भित्र सबै किसानको बाकी रहेको रुपैया भुक्तानी गर्ने निर्णय गरेको हो ।
यसको साथै बसेको बैठकमा सभापति श्रीवास्तवले भने, मन्त्रालयले श्रमिकहरुका विषयमा स्थलगत अवलोकन गरी श्रम गर्ने पारिश्रमिकले पाउनु पर्ने सेवा सुविधा र पाउनुपर्ने तलब समय समय मा पाउदै छन कि पाइरहेको छैन्न सोको आवश्यक खोज गरि जरुरी पर्ने कारवाही समेत गरि १५ दिन भित्र समितिमा पेश गर्नुपर्ने ।

