भारत
क्रिसमस तथा न्यु ईयर आउनु भन्दा पहिला महाराष्ट्र सरकारले ठुलो फैसला लिएको छ । भोली देखि अर्थात २२ दिसंबर देखि ५ जनवरी सम्म राज्य को नगर पलिका मा पर्ने सबै क्षेत्रमा नाईट कफ्यु लागि रहने छ । यस कफ्यु हुने बेलामा मानिसहरु बिहान कुनै काम काज घर बाहिर निस्किने पाउने छैन्न । रातिको ११ बजे देखि बिहानको ६ बजे सम्म कफ्यु लाग्ने छ ।
महाराष्ट्र सरकारले युरोपियन देशहरुबाट आउने व्यक्तिहरुको लागि नयाँ दिशानिर्देन जारी गरेको छ । बाहिर बाट आएका सबैलाई १४ दिनको अनिवाई रुपले इंस्टीटयुशनल क्वारैंटाइन मा बस्नु पर्ने छ ।
हाल भारतमा अहिले सम्म १ करोड ५७ हजार मानिसहरु कोरोना संक्रमित भई सकेको छन भने ९६ लाख ६ हजार ५६ मानिसहरु उपचार पछि निको भई घर फर्केको छन । कोरोना संक्रमित भएका मध्ये १ लाख ४५ हजार ८५२ मानिसहरु आफनो ज्यान गुमाई सकेका छन ।

