भारत, ३ पुष /
भारत सरकारको नयाँ निर्णय अनुसार महिलाहरुले बिवाह गर्ने न्युनतम उमेर २१ निधारण गरेको छ । यस भन्दा पहिला महिलाका लागि बिवाह गर्ने उमेर सरकारले १८ निधारण गरेको थियो । बिबिसि हिन्दीले जानकारी दिएका अनुसार अब न्युनतम महिला र पुरुषले २१ वर्षमा विहे गर्ने मान्यता पाउने भएका छन ।

सन १९९४ मा सरकारका निर्णय अनुसार महिलाहरुले १८ वर्षमा विवाह गर्ने मान्यता दिदै आएको थियो । नयाँ नियम लागु गर्नेको लागि मन्त्रिपरिषदले निधारण गरेको नियम कानुनमा संसोधन भए पछि लागु हुनेछ ।

नयाँ नियमको कारणले गर्दा अब महिलाहरुलाई अध्ययन गर्ने समय अत्यधिक पाउने छन । पढने उमेरमा समाजको कारणले गर्दा महिलाहरुलाई समय भन्दा पहिला विहे र बिहे पछि गर्भधारण हुने समस्यालाई अन्तय गर्ने तथा महिलाको हकमा बिवाह गर्नको लागि २१ वर्ष उपयुक्त हुने समितिका अध्यक्ष जया जेटलीले बताएका छन ।

सरकारले गरेको निर्णय प्रति मुस्लिम समुदायले विरोध जनाएका छन । महिलाहरुको बिवाह गर्ने उमेर २१ राख्नु मुस्लिम समुदाय माथिको अतिक्रमण भएको आरोप इण्डियन युनियन मुस्लिम लिगले जनाएको जानकारी बिबिसि हिन्दीले जानकारी साझा गरेको छ ।


