भारत, ४ पुष /
भारतको हैदरावाद स्थित एक विरामीलाई अस्पतालका चिकित्सकहरुले किडनीबाट १५६ वटा पथरी निकालेका छन । यति धेरै संख्यामा पथरी निस्कने विरामीको उमेर ५० वर्ष रहेको प्रिति युरोलोजी एण्ड किडनी अस्पतालका चिकित्सकहरुले जनाएका छन ।

आश्चर्यको कुरा के छ भने, यति ठुलो शल्यक्रिया विना नै ५० वर्षीय विरामीको किडनीबाट १५६ वटा पथरी निकलेका अस्पतालले दाबी गरेको छ । शल्यक्रिया गरिएका विरामी भारतको कर्नाटकस्थित एक विधालयका शिक्षक रहेको छन । भारतमै सबै भन्दा ज्यदा मिर्गौलाबाट पथरी निकालिएको भारतीय मिडियाँ हिन्दुस्तान टाइम्सले जनाएको छ ।

अत्यधिक मात्रामा पेट दुखेपछि शिक्षकले अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको मिगौँला बाट पथरीको टुक्राहरु निस्किएको अस्पतालले जनाएको छ । अस्पतालले यति ठुलो मात्रामा पथरिनिकालनको लागी विना शल्यक्रिया ल्याप्रोस्कोपी र इन्डोस्कोपीको माध्यमबाट निकालेको अस्पतालले दावी गरेको छ ।

विगत २ वर्ष देखि शिक्षकको शरिरमा पथरी जम्मा भएको हुन सक्ने उपचारमा कार्यरत चिकित्सकहरुले जानकारी हिन्दुस्तान टाइम्सलाई बताएका हुन ।


