भारत, १५ पुष /
बलिउडका दिग्गज निर्माता विजय गलानीको निधन भएको छ । ५० वर्षको उमेरमा गलानीले लण्डनको एक अस्पतालमा लिए अन्तिम सास । करिब एक महिना देखि उहाँ क्यान्सर रोगबाट ग्रसित भएको कारणले गर्दा उपचारको लागि लण्डनको एक अस्पतालमा उपचार गराईरहेका थिए ।

सामाजिक संजाल मार्फत विजय गलानीको निधन भएको पुष्टि चलचित्र निर्माता रमेश तौरानीले साझा गरेका हुन । उनको निधन पछि फेरी बलिउड उधोगमा फेरी एकपटक शोकको लहर छाएको छ । वहाँको परिवारको बारेमा कुरा गर्नेहो भने श्रीमती, छोरा र छोरी बाहेक कोही छैइन ।

वास्तवमा उनले बलिउड उधोगलाई धेरै फिल्म दिएका छन । उनले बनाएको फिल्म मध्ये निकै चर्चित फिल्म सलमान खानले अभिन्य गरेका वीर होस वा अक्षय कुमार–करिना कपुरले अभिन्य गरेका फिल्म अजनबी यसको साथै उनले बचके रहना रे बाबा जस्ता आदि फिल्महरु निर्माण गरेका थिए ।


