SLF खबर, बिरगंज – २० पौष /
अबैध तरिकाले भित्रिएको एक भारतीय सवारी साधान पर्सा प्रहरीले नियन्त्रण लिएका छन । बिना भान्सार शुल्क बुझाई जिल्लाको ग्रामिण भेगमा अनाधिकृतरुपमा भारतीय सवारी साध गुडिरहेको सुचना प्रहरीलाई प्राप्त भएपछि प्रहरीले भारतीय सवारी साध चेक जाचमा तिब्रता दिएका थिए ।

हुनत भन्सार शुल्क बुझाई भारतीय सवारी चुनाव रैलीमा प्रयोग गर्ने मिल्छ, तर यसलाई अबेधको श्रेणीमा नपर्ने स्थानिय बुधिजिवीहरुको भनाई रहेको छ ।

भारतीय महिन्द्र कम्पनीको स्कर्पियो गाडी नम्बर विआर ०५ एच ४९९५ नम्बरको सवारी बेवारिसे अवस्थामा बिरगंज महानगरपालिका वडा १३ स्थितको सडक खण्डमा प्रहरीेले खाजतलास गर्दे जादा उक्त गाडी फेला परेको थियो ।

प्रहरी फेला परेका सवारी कसको हो भन्दा कसैले हक दावी गर्न नआएको कारण उक्त गाडीको रु १५ लाख मुल्याक्न गरि आवश्यक कारवाहीको लागि आज मिति २०७८–०९–२० गते विरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएका छन ।


