SLF खबर /
जीतपुर, २१ पौष
जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जितपुरको स्वास्थ्य चौकीमा कोरोना खोपको पहिलो डोज दिइदै छ । यसै गरि बुधवार ५३६ खोप दिइएको तथा भोली ५५० खोप दिइने जानकारी स्वास्थ्य चौकीका प्रमुख विजय कुमारले बताएका छन ।

कोरोना खोप लिदा खानपिनमा रोक हाल नगरिएको पहिला जस्तै खानपान गर्न सकिने स्वास्थयकर्मीले बताएका छन ।

भोली पनि कोरोना खोप वितरण हुने वडा अध्यक्ष रामबाबु कलवारले समाजिक संजाल मार्फत आम जनताहरुलाई जानकारी गराएका छन ।


