SLF खबर
जीतपुर, २२ पुष /
पर्सा जिल्लाको बिरगंजमा भारतीय मोटरसाइकल चोरी गर्र्दागदै प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल को लक चाकुको साहयताले भाची भागदै गरेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेका छन ।

बिहारको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम पंचायत परेउवा वडा १ मा बस्ने सोनु गुप्ताको BR22B 0387 भारतीय नम्बरको ९७.२ सि.सि को कालो रंगको हिरो होण्डा स्पेलेण्डर चाकुको सहयताले भाँची चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विरगंज महानगरपालिका १४ का २३ वर्षीय आशिष यादव रहेका छन । भारतीय सवारी चोरी गर्दै रङेहात पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताएका छन ।

भारतीय सवारी साधन चोर्दै गरेको आरोपमा पक्राउ परेका यादव माथी चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले जनाएका छन ।



