SLF खबर
कलैया, २२ पुष /
बारा जिल्लाको कलैया नगरपालिका १९ इनरवारीमा दुई पक्षबीच झडपहुदा गाइते भएका राधेश्याम पटेलको उपचारको क्रममा गएराती मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दोषीलाई पक्राउ नगरेको कारणले गर्दा आज कलैया–बिरगंज सडकखण्डमा यातायात अवरुद्ध गरि विरोध प्रर्दशन गरेका थिए ।

मुस्लिम समुदायका युवाहरुको प्रहारबाट घाइते भैइ विरगंज स्थित एल.एस न्युरो अस्पतालमा उपचार गराईरहेका पटेलको पुष २१ गते मृत्यु भएको थियो । मृत्यु पछि पटेलका आफ्नत आक्रोशितभई सडक खण्ड अबरोध गरेका थिए ।

पटेल उपचार गराउदै क्रममा उनको अफन्तले जिल्ला प्रहरी कार्यालय बारामा ज्यान मार्ने उधोग मुद्धा दर्ता गरेका थिए । ८ जना विरुद्ध मुदा दर्ता गरिए पनि मात्र नाजिर हुसेन पक्राउ परेका हुन । पक्राउ परेका हुसेन समानित बारा जिल्ला अदालतको आदेशले बिरगंज कारागार मा रहेका स्थानियले बताएका छन ।



