जितपुर, ६ चैत्र /
इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक रोशन अधिकारीलाई आज ड्रिम ताज रेस्ट्रोमा एक कार्यक्रम बिच सम्मान तथा विदाई कार्यक्रम गरिएको छ ।

बिसरामपुर गाँउपालिकाको मुसहवा कार्यालयमा सरुवा भएका प्रहरी नायब निरीक्षक रोशन अधिकारीलाई सन लाईट फाउन्डेशन प्रा.लि तथा SLF खबरका अध्यक्ष रोशन गुप्ताले खादा ओढाउदै मायाँको चिनो प्रदान गर्दौ सफल कार्यकालको शुभकामना दिएका थिए ।

यसै गरि युवा नेता अफताब आलम, ड्रिम ताजका संचालक बिनोद प्रसाद कलवार, शिव शंकर पटेल द्धारा सम्मान स्वरुप खादा र अबिरलगाई बिदाई गरिएको थियो ।

जीतपुर इलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी नायब निरीक्षक राजन थापा आउने भएका छन ।


