
बिरगंज,२३ फागुन /
बिरगंज भन्सार राजश्व छलेर करिब ९० लाख बराबरको समाग्री सहित दुई ट्रक प्रहरीले नियन्त्रणमा लिएका छ । पक्राउ परेका ट्रक फर्क समय फर्क स्थान बाट विशेष सुचनाको अधारमा चेक जाच गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन ।

ना ६ ख ९९९५ नम्बरको ट्रक बिरगंज महानगरपालिका वडा १५ को प्रतिमा चौक बाटो हुर्दै काठमाडौको लागि जादैगरेको अवस्थामा उक्त ट्रक कन्टेनरमा खुद्रा र हार्डवेयर सामान सहित आइतबार करिब ५ बजे नियन्त्रणमा लिइएको छ । उक्त कन्टेनरमा करिब ४० लाख बराबरको समाग्री रहेको मुल्याक्न गरिएको जानकारी प्राप्त भएको छ ।

यसै सँग हिरासतमा लिइएको ना ३ ख ३९४४ नम्बरको ट्रक बिरगंज महानगरपालिका वडा ८ घण्टाघर चौकबाट करिब १ बजे नियन्त्रणमा लिइएको छ । चेक जाच गर्ने क्रममा उक्त ट्रक भन्सार छलेर ल्याएको लत्ताकपडा , जुत्ता तथा खुद्रा को समाग्री करिब ५० लाख रुपैयाँ बराबर रहेको प्रहरीले बताएका छन ।

प्रहरी नियन्त्रणमा लिइएको ट्रक र कन्टेनर सामानसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नयाब उपरिक्षक ओमप्रकाश खनालले जानकारी साझा गरेका छन ।


