अक्षय कुमारले गरे राम अयोध्या मन्दिर निमार्णमा दान

भारत
बाँलिवुड को खिलाडी अक्षय कुमारले आफ्नो फैन्सहरुलाई आयोध्या मन्दिर निमार्ण हेतु चन्दा दिन अपिल गरेको छन । उहाँले आफ्नो एक भिडियो सोसल मिडियामा सेयर गरि रामसेतु निर्माणको कहानी बताइरहेको छन । यसको साथै बाँलिवुडको खिलाडीले राम मन्दिरको निमार्णको लागि दान दिने कुरा को जिकिर गरेको हुन । राम मन्दिरको निमार्ण कार्य सुरु भइसकेको छ अनि यस निमार्ण कार्यमा मैले पनि पाईला अगाडी बढाएका हु ।
बाँलिउडको खिलाडीले भिडियोमा बताउदै छन कि – हिजो राती मैले मेरी प्यारी छोरीलाई कथा सुनाउँदै थिएँ । तपाई सुन्नुहुन्छ? एका समयको कुराहो एक तर्फ बादरहरु को सेना अनि अर्को तर्फ लंका, अनि दुवै को विचमा ठुलो समुद्र थियो । सिता मातालाई लंका बाट ल्याउनको लागि समुद्रको विचमा बाध बनाउनको लागि बाँदरहरु ठुलो ठुलो पथ्थर मिलाउन थाले । प्रभु श्रीराम समुद्रको किनारामा खडा भई बाटोको निर्माण कार्य अवलोकन गर्दै थिए । त्यसै बेला उनको आँखा एक गिलहरी माथि पर्यो, गिलहरीले समुद्रको किनारामा रहेको बालुमा गई शरिर भरी बालुवा लगाई बाध बनाईरहेको पथ्थरहरुमा आफ्नो सरिर सफा गरि फेरी बालुमा गई बालुवा लगाई बाध को पथ्थर तर्फ फर्कने गदै थियो , यो दृश्य हेरी प्रभु श्रीराम ठुलो सोचमा पुगे अनि गिलहरी बालुवा तर्फ आउने वितिकै प्रभु श्रीरामले सोधे आखिर तिमी यो के गर्दै छौ । गिलहरीले जवाब दियो कि प्रभु म तपाईलाई जति सक्दो सहयोग गर्न सक्छु त्यती प्रयास गर्दैछु यो कुरा सुनेर प्रभु श्रीराम चकित भइहाले ।

त्यसै गरि बाँलिवुडको खिलाडीले भने– आज बारी हाम्रो हो । अयोध्या मा हाम्रो भगवान श्रीराम को भव्य मन्दिर को निर्माण शुरु भइसकेको छ । हामी मध्ये कोही बाँदर बन्छौ, कोही गिलहरी बन्छन अनि आफ्नो–आफ्नो क्षमता को अनुसार योगदान दिई ऐतिहासिक भव्य राम मन्दिर बन्नमा तपाइृहरुको साझेदारीहोस ।
बाँलिउडको खिलाडीले टुइटर मार्फत भिडियो सेयर गर्दै भने आफ्नो फैन्सहरुलाई –धेरै खुशिको कुरा छ कि अयोध्यामा हाम्रो प्रभु श्रीराम को भव्य मन्दिर निमार्ण शुरु भइसकेको छ । अब योगदान गर्ने पाले हाम्रो हो । मैले त शुरु गरे तपाई पनि आफ्नो योग्दान जनाउनुहोस। मलाई लग्दछ कि तपाईहरु पनि यस शुभ कार्यमा आफ्नो सहभागीता जनाउनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *