काठमाडौ
माघ–९ गते
अब कुनै पनि प्रकारको कर तथा राजस्व आफ्नै मोबाईलबाट भुक्त्तानी गर्नु मिल्ने । यस कार्यका लागि बिहीबार बसेको बैठमा राष्ट्रिय वाणिज्य बैक, आईएमई पे, खल्ती, नेपाल क्लियरिङ हाउस, प्रभु पे र नेपाल पेबीच विच अनलाईन भुक्त्तानीको लागि सम्झौता भएको हो ।
बैक बाट लिएको मोबाईल बैकिङ सेवा प्रयोग गरि आन्तरिक राजस्व विभाग अन्तर्गत राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यावसाय कर तथा अन्य सेवा कर तिर्न मिल्ने । यसका साथै करदाताहरुले कुनै प्रकारको कर तथा राजस्व पनि यसबाट सहजै तरिकाले तिर्नमिल्ने जानकारी प्राप्त भएको छ ।

