जितपुर वडा कार्यालयको सहयोगमा भव्य रुपमा मनायो तिज विशेष कार्यक्रम, भिडियो सहित

रोशन गुप्ता
बारा, १४ भादौ /


बारा जिल्लाको जितपुरसिमरा उपमहानगर पालिका को राजधानी शहर जीतपुर वडा कार्यालयको सहयोगमा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । जीतपुर वडा कार्यालयले रामटोलको शिव दुर्गा मन्दिर क्षेत्रमा स्थानिय महिलाहरुको सहभागीताले कार्यक्रम आकर्षक रुपमा मनाएको छ ।


हरेक धर्मको चाड पर्वको लागि सकेसम्म सहयोग गरिरहेको र अगामी दिनमा पनि गरिरहने कार्यक्रम विच वडा अध्यक्ष सुनिल कुमार गुप्ताले प्रतिबधता जनाएका छन । तिज विशेष कार्यक्रमका मुख्य अतिथिको रुपमा विगत ४ वर्ष देखि सम्मानित हुदै आएको र अगामी दिनमा पनि सो कार्यलाई तिब्रता दिने गुप्ताले कार्यक्रममा बताएका छन ।


तिज पर्वसँगै नारीहरुको स्वच्छदताको सवाल भएकाले यसमाथि कसैले पनि रोक लगाउने नमिल्ने भन्दै तिजवर्पलाई हर्षोल्लाहसका साथ मनाउने आग्रह गर्नुभयो । साथै तिज पर्व मनाउने बढता तडकभडक र अरुको देखासिखी नगर्न नेपाली कांग्रेस पार्टीकी पुर्व केन्द्रीय महिला सदस्य नरायणी रायमाझीले कार्यक्रममा बताइन ।


त्यसै, श्री शिव दुर्गा मन्दिर सेवा समितिकी अध्यक्ष मुन्नी पाठकले महिलाहरुले आफुले प्राप्त हक र अधिकारलाई सुनिश्चित गर्दै आफनो कर्तव्यलाई भुल्नु नहुने विचार राख्दै आफ्नो परिवारलाई कसरी सुन्दर पार्ने कार्यमा हामी महिलाहरुको हात सदैव अब्बल रहनुपर्नेमा जोड दिनुभयो ।


तिज विशेष कार्यक्रममा सयौँ महिलाहरुको सहभागीता रहेको थियो । शिव दुर्गा मन्दिरको कोषाअध्यक्ष सिता उप्रेतीले वातावरण मैत्री ढंगबाट तिजपर्व मनाउन सम्पुर्ण महिलाहरुलाई आग्रह गर्नुभयो ।


हाम्रो धर्म संस्कार र संस्कृतिलाई शदेव टेवा पुप्याउने खालका कार्यहरुमा सामुहिक एकता र मित्रताका हात अघि सादैँ जुट्न सम्पुर्ण वडाबासीहरुलाई अनुरोध गढिमाई साझेदारी वन समुहका अध्यक्ष गणेश साहले गरेका थिए ।


कार्यक्रममा वडा अध्यक्ष सुनिल कुमार गुप्ता, वडा सदस्य सिता उप्रेती, नुरुल्लाह अंसारी, नविन मैनाली, कांगे्रस पार्टीको केन्द्र महिला सदस्य नरायणी रायमाझी , गढिमाई साझेदारी वन समुहका अध्यक्ष गणेश साह , नेता अफताब आलम, जन कल्याण बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्धक संतोष प्रसाद यादव, जन कल्याण बहुउदेश्यीय सहकारी संस्थाका स.प्रबन्धक आत्माराम अधिकारी , एजुकेशन गार्डन स्कुलका प्रिन्सिपल संदीप साह लागएत स्थानिहरुको सहभागीता रहेको थियो ।

Video will be uploaded soon………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *