रोशन गुप्ता
बारा, २० भादौ /

नेकपा एमालेले जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ मा वडा कमिटी गठन गरेको छ । सिता उप्रेतिको अध्यक्षतामा ३१ सदस्यीय सहित वडा कमिटी गठन गरिएको सह–सचिव मालती कुमालले बताएकी हुन ।

गठन गरिएको कमिटीको उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा शंकरभोला साह, उप–सचिवमा अनिल गिरी र उप–सचिवमा मालती कुमाल छन । यस्तै गरि सदस्यमा कालिका कडेल, माधव आचार्य, रेनुका गिरी, नुरुल्लाह अंसारी, गंगा कडेल, सुनिल कुमार गुप्ता, जिकुरुल्लाह अंसारी, राम जी गुप्ता, नबिन मैनाली, सुनिल साह कानु, ललिता देवी पासवान, मोहन शर्मा, सुरेश प्रसाद साह कलावर, सुरेश यादव, निरज गुप्ता, मोहताब आलम ठकुराई, अफरोज आलम, मोहन आचार्य, उमाआले मगर, दिपक गुप्ता, गिता सोनार, इश्वरी मगर, पहल बहादुर रेग्मी, ध्रुव प्रसाद साह कलवार, भुवन पौडेल रहेका छन ।

नेकपा एमाले साविक जितपुरसिमरा उपमहानगरपालिकाका पुर्व जिल्ला अध्यक्ष देवनरायण चौधरीको मुख्य अतिथि रहेका थिए भने कार्यक्रममा प्रदेश कमिटिको सदस्य दिनेश्वर ठाँकुर, नगर कमिटिको अध्यक्ष भोला अधिकारी, जिल्ला कमिटिको सदस्य देवी सापकोटा , नगर सचिव रतन उप्रेती , जिल्ला सदस्य काशिम हुसेन लगायतले स्थानीय तह पार्टी कार्यकर्ताहरुको उपस्तिथिरहेको थियो ।



