कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न मेरो पहिलो प्राथमिकता: संतोष कुमार गुप्ता

रोशन गुप्ता 

बारा, २९ कार्तिक /

बारा निर्वाचन क्षेत्र ४ का हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका लागी उम्मेदवारी दिएका संतोष कुमार गुप्ताले कृषी क्षेत्रलाई आधुनिकिकरण गर्ने तथा कृषीहरुलाई सहजरुपले मलखाद उपल्बध गराउने बताएका छन ।

मंगलबार पसौनी गाउँपालिकाको पर्सौनी चौक स्थित घरदैलो कार्यक्रममा जनताहरुलाई झोले नेताहरु बाट बचन तथा राम्रो प्रतिनिधि कसरी निर्वाचित गने समेत वहाँले जानकारी गराए ।

यसको साथै वहाँले कानुनी पेसा बाट राजनितिमा आउनुको मुख्य कारण मधेशको विकासमा ठुलो परिर्वतन ल्याउने तथा राजनिति कुसीको लागि होइन क्षेत्रलाई नमुना क्षेत्र कसरी बनाउनेमा केन्द्रीत हुनुपर्दछ । राजनिति एक समाजलाई कसरी अगाडी बढाउने र अरु क्षेत्र भन्दा राम्रो क्षेत्र कसरी बनाउने एक असल प्रतिनिधिको प्रमुख काम हो ।

अहिले मधेश प्रदेशमा शिक्षा क्षेत्रमा सोचे जति विकास हुन सकेको छैन , मात्र प्रतिनिधि राम्रो नभएर न त स्वास्थ्य अवस्था राम्रो न त शिक्षा क्षेत्र व्यापक परिवर्तन आएको छ । आखिर कुर्सीको लागि राजनिति गर्नेहरुलाई कहिले सम्म हामी कुर्सी दिराख्ने हो । कुर्सीवालाहरु लाई फेर्ने समय आइसकेको छ अब पालो तपाईको कुर्सीमा एसीको हावा खानेहरुलाई मत दिनेहो की विकास गर्ने भिजन भएकाहरु लाई दिने । समृधिको नाम नै परिवर्तन हो एक पटक मलाई मौका दिने समेत जनताहरुलाई आग्रह समेत गरे ।

जनताहरुले मलाई भारी मतबाट विजयी बनाए भने मैले कृषीक्षेत्र लाई अधुनिकरण गर्ने , शिक्षा क्षेत्रलाई डिजिटल शिक्षा अर्थात सेटेलाईट मार्फत निःशुल्क कक्षा संचालन गराउने किन भने धेरै बालबालिकाहरु सरकारी स्कुलमा पढन त पाउछन तर डिउसन को लागि प्रयाप्त पैसा नभएर शिक्षामा ठुलो परिवर्तन ल्याउन सक्दैन्न , गाउँ–गाउँमा रोजगरा उपल्बध गराउनेमा मेरो प्रथम प्रयास हुने वहाँले बताए । 

किसानहरुलाई मलखादकोलागि भन्सारमा रोक्ने कारणले गर्दा, किसानहरु विचौलियाहरु सँग दोबर मुल्यमा मलखाद खरिद गर्ने बाध्य हुने प्रथालाई नै अनत्य गर्ने वहाले किसानहरुलाई प्रतिबधता जनाए । 

घरदैलो कार्यक्रममा हाम्रो नेपाल पार्टीका प्रदेश सभा सदस्य क्षेत्र नम्बर ४ (ख) का उमेदवार लक्ष्मी कुश्वाहाँ पनि रहेका थिए । कार्यक्रममा हाम्रो नेपाली पार्टीका समर्थकहरुले संतोष गुप्ता जिन्दाबाद, बकिल भैया जिन्दाबाद , लौरो छापमा मोहर लगाऔँ जस्ता नारा पनि लागएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *