८५ औँ महाशिवरात्रि पर्वको अवसरमा पत्रकार सम्मान कार्यक्रम आयोजना

रोशन गुप्ता
बारा, २१ फागुन
महा पर्व ८५ औँ महाशिवरात्रि पर्वको परमपावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केंद्रवीरगंजले बाराको पिलुवामा पत्रकार सम्मान कार्यक्रम आयोजना गरेको थियो । यस सम्मान कार्यक्रममा बारा, पर्सा तथा रौतहट जिल्लाका पत्रकारहरुलाई प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण मन्त्री मान्निय मन्त्रि राम नेरेश राय यादव ज्यु द्धारा गाम्छा तथा फुलको माला लगाई सम्मान पत्रका साथ सम्मान गरेका थिए । शुक्रबार बाराको पिलुवा मा पीस पार्क निर्माण गर्ने उदेश्यले कार्यक्रक आयोजना गरिएको थियो ।
पर्यटनहरुलाई आर्कासन तथा आत्मा शान्तिको लागि ब्रह्माकुमारी राजयोग सेवा केंद्रको व्यवस्थापनमा निर्मान गर्न लागिएको पिस पार्कमा तपस्याको लागि पोखरीको सिलन्यास मुख्य मन्त्रीले गर्नुभको थिए । सेवा केन्द्र बीरगंजकी मुख्य संचालीका राजयोगनी ब्रहम कुमारी रबिना दिदीको अध्यक्षतामा सम्मपन्न भएको थियो । यस पत्रकार सम्मान्न कार्यक्रममा करिब ५ दर्जन पत्रकारहरुलाई सम्मानित गरिएको थियो । सम्मनित पत्रकारहरु बारा, पर्सा र रौतहट बाट रहेका थिए ।
पिस पार्क निर्मान सम्मपन्न भएमा स्थानियहरुको रोजगारी, व्यवारीको मुहार खोलिने भएकोले त्यहाँका व्यपारीहरु खुशि भएका छन । यसको साथै विश्वले पिलुवालाई हेर्न नजर फर्क हुने भन्ने स्थनियहरुको भनाई रहेको छ ।
पत्रकार सम्मान्न कार्यक्रममा प्रदेश सभा सदस्य ज्वाला साह, नेपाली काँग्रेसका नेता शोभाकर प्रजुली , नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सचिव गुरु गौतम , पत्रकार महाँ संघ पर्साका अध्यक्ष श्याम बन्जारा, ब्रह्मकुमार राम सिंह तथा स्थानिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *