जितपुरका सबैभन्दा पुराना पत्रकार गम्भीरा सहनीको उपचार आइसियुमा हुदै, उपचारको लागि आर्थिक सहयोगको अपिल

रोशन गुप्ता 

बारा, ०५ जेष्ठ

बारा जिल्ल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका सबै भन्दा पुराना एवं पर्सा जिल्ला बाट संचालित प्रतिक दैनिकका बारा विशेष संवाददाता समेत रहेका पत्रकार गम्भीरा सहनीको अवस्था समस्या उत्पन्न भएपछि उनलाई कलैया जाने रोडस्थित एलएस न्युरो अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । हाल उनको उपचार आइसियुमा भइरहेको जानकारी परिवार जनले गराएका छन ।

विहान बुवाको एकातर्फको शरिर नचल्ने भएको , अवाज पनि प्रस्ट नआउन सक्ने , बुबाको अवस्था धेरै खराब रहेको उनका छोरा क्रषि सहनीले बताए । 

घरको अर्थिक अवस्था धेरै कमजोर रहेको कारण बुवालाई बचाउन थुप्रै खर्च हुने र हाल सम्म भएका रकम पनि खर्च भइसकेको कारणले गर्दा उनका छोरा क्रषि सहनीले समाजिक संजालमा आर्थिक सहयोगको लागि आग्रह गरेका छन । 

पत्नीको मृत्युपछि अस्वस्थ हुँदै आएका गम्भीरा सहनी हालै नेपाल सरकारबाट राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ बाट पुरस्कृत भएका थिए ।

आर्थिक सहयोगको लागि

कुनै जानकारीको लागि ९८४५०३८६८१ मा सम्पर्क गर्नुसक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *