रोशन गुप्ता
बारा, ३२ साउन
काठमाडौँ–तराई–मधेश दुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) परिमार्जन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुतमार्गको अवधि र आर्थिक खर्च दुवै घटाउने गरी डिपिआर संशोधन गरिएको जानकारी दिएका छन ।
मन्त्रिपरिषद्को आजको बैठकमा काठमाडौँ–तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) परिमार्जन गरिएको छ । मन्त्री ज्वालाले डिपिआरमा करिब रु दुई अर्ब २० करोड खर्च घटाउने र निर्माणको समयावधिलाई तीव्रता दिने उद्देश्यले डिपिआर परिमार्जन गरिएको स्पष्ट पार्नुभयो ।
महत्वपूर्ण काठमाडौँ–मधेश लाइफलाइन द्रुतमार्ग हाल नेपाली सेनाको निगरानीमा निर्माणको प्रक्रियामा छ । विसं २०७४ जेठ १५ गतेदेखि शुरु भएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को काम २५ प्रतिशत मात्र सम्पन्न भएको छ । यो प्रगति ५४ प्रतिशत रहेको छ ।
मन्त्री ज्वालाले विसं २०८३ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको द्रुतमार्गको काम सुस्त भएकाले नेपाली सेनाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
डिपिआर पुनरावलोकनपछि आयोजनाको समग्र खर्चमा पनि कमी आउनेछ । आयोजनाको संशोधित लागत रु दुई खर्ब ११ अर्ब ९३ करोड रहेको छ भने यसअघि रु दुई अर्ब १३ करोड लागत अनुमान गरिएको थियो । निर्माण योजनामा टनेल र ग्यालरी टनेलहरू समावेश गरिएको छ।