बालबालिकामा लगानीः सुरक्षित भविष्यको मार्ग प्रशस्तू भन्ने मूल नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस देशैभरी मनाइँयो ।
आज बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालयले हरेक वर्ष जस्तै यस वर्ष पनि राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा ७ का वडा अध्यक्ष अध्यक्ष तथा विधालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल कुमार गुप्ताले बिधार्थीहरुलाई ५९ औँ बाल दिवसको शुभकामना दिदै, विश्वमा धेरै राष्ट्रहरुले शिक्षामा लगानी गरेर मात्र देश विकासमा ठुलो फडको मार्न सफल भएका हुन । हामीले पनि विगत दिनझै अगामी दिनहरुका लगि बालबालिकाहरुको मनोबल बढाउने उदेश्यका साथ लगानी सहित उतकृष्ट कार्यक्रम ल्याउने गुप्ताले कार्यक्रम विच बताएका छन ।
कार्यक्रममा वडा सदस्य सिता उप्रेती , नविन मैनाली , नुर आलम, विधालय व्यवस्थापन शिक्षक समितिका अध्यक्ष अफताब आलम तथा विधालयका शिक्षक शिक्षिका सहित बालबालिकाको सहभागीता रहेको थियो ।