रोशन गुप्ता
बारा, १२ असोज
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा ६ नगौलमा विपन्न तथा घरबारविहीन परिवारलाई घर उपलब्ध गराउने गरी नमूना घर हस्तान्तरण गर्नूको साथै नगद १० हजार सहयोग गरेको छ । वडा कार्यालयले शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी वर्षौंदेखि आश्रयविहीन अवस्थामा रहेका नगौलका दीर्घकालिन, असहाय बासिन्दालाई नमूना घर हस्तान्तरण गरेको छ ।
प्रभुशम्शेर जबरा र राजी राणा परोपकार निजी गुठीले आर्थिक अभाव भएका अति विपन्न दलितलाई निःशुल्क आवास उपलब्ध गराउन सहकार्य गरेका छन । यी संस्थाले आफू जत्तिकै आर्थिक रूपले विपन्न व्यक्तिका लागि आफ्नै घर बनाउने सपनालाई वास्तविकतामा परिणत गरेकामा स्थानीय दलित समुदायले निकै खुशी व्यक्त गरेका छन ।
नागौलमा प्रभुशम्शेर जबरा र राजी राणा परोपकार निजी गुठीले आफ्नो व्यक्तिगत लगानीमा अति विपन्न वर्गका लागि २० वटा घर निर्माण गरेका छन । साथै, मधेस प्रदेश सरकारले दलितलाई आवास उपलब्ध गराउन शुरु गरेको जनता आवास कार्यक्रम अन्तर्गत प्रत्येक लाभग्राहीलाई रु १० हजार नगद प्रदान गरिएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–६ स्थित नागौलमा २० दलितका लागि निर्माण गरिएको घरको शुक्रबार प्रभुशम्शेर जबरा र राजी राना परोपकार निजी गुठीका अध्यक्ष राजी राणा तथा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । अति सीमान्तकृत दलित समुदायका सदस्यका लागि बनाइएका यी २० वटा घरमध्ये प्रत्येकमा स्वच्छ खानेपानी, बिजुली र भान्साको शौचालयजस्ता अत्यावश्यक सुविधासम्पन्न रहेको छ । यस प्रयासले दलित समुदायलाई महत्वपूर्ण राहत प्रदान गरेको छ, उनीहरूलाई वर्षायाममा खुला आकाश सहनुपर्ने कठिनाइहरूबाट जोगाएको छ र वर्षापछि पनि उनीहरूलाई गर्मी मौसमको कडा घाम बाट जोगाउने पनि छ ।
प्रभु शम्शेर जबरा र राजी राणा परोपकार निजी गुठीले दलित समुदायका लागि ७ कट्ठा १२ धुर जग्गा अधिग्रहण गरी वडाको पहलमा रु २२ लाखदेखि रु २५ लाखसम्मका प्रत्येक घर समर्पण गरेको जीतपुरसिमरा उपमहानगरपालिका–६ का वडाध्यक्ष कैमुदिन अन्सारीले जानकारी दिए । मधेस प्रदेश सरकारले जनता आवास कार्यक्रम लागू गरे पनि मधेसका बहुसंख्यक दलित समुदायले यसबाट आवास पाउन सकेका छैन्न कार्यक्रम विच अंसारीले बताए ।
प्रभुशम्शेर जबरा र राजी राणा परोपकार गठिले मधेसका सीमान्तकृत दलित समुदायका लागि घर बनाउने परियोजना सुरु गरेका छन । सामाजिक कल्याणको लागि उनीहरूको प्रतिबद्धता आवास भन्दा बाहिर फैलिएको छ र यसले नेपालका सबैभन्दा कमजोर दलित समुदायहरूको लागि घर र गुम्बाहरूको निर्माण सहित विभिन्न कार्यहरू समावेश गर्दछ ।

