पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन ।
इद मिलादुन नबी मनाउन भेला भएको मस्जिद नजिकै विस्फोट भएको थियो । बलुचिस्तानप्रान्तका अधिकारीहरूले घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई आतङ्कवादीहरूलाई जिम्मेवार ठहराएका छन र मृत्युको सङ्ख्या बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन ।
गृह मन्त्रालयले पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका उपासकहरूलाई लक्षित गरी विस्फोट गराइएको जनाएको छ ।