रोशन गुप्ता
जितपुर, १२ असोज
काठमाडौंको फ्रिडम फाइटर क्लब सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काठमाडौंले युनिटी भेट्रान क्लब वीरगञ्जलाई ७–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीका पूर्व खेलाडी श्रेष्ठले काठमाडौंको जितमा पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको पहिलो हाफमा एक गोल गर्दै गोलको खाता खोलेका थिए भने दोस्रो हाफमा थप चार गोल गरेका थिए । काठमाडौंको जितमा सरोज थापा र कलाम विष्टले दुई–दुई गोल थपेका थिए ।
वीरगञ्जका सन्तोष राई र सुरज श्रेष्ठले एक–एक गोल गरे । सुरज श्रेष्ठको उत्कृष्ट प्रदर्शनले उनलाई म्यान अफ द म्याच घोषित गरायो । जितपुरसिमरा उपमहानगरपालिका वडा नं १४ की वडा अध्यक्ष चयन गुरुङ र वडा नं ७ का वडा अध्यक्ष सुनिल गुप्ताले म्यान अफ द म्याचको अवार्ड प्रदान गरेका थिए ।
प्रतियोगितामा काठमाडौंले आयोजक सिमरा भेट्रानको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा चाबहिल स्पोट्र्स क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै चाबहिल स्पोर्टस क्लबले फाइनलमा स्थान सुरक्षित गरेको हो । यी दुई टोलीबीचको फाइनल भिडन्त शनिबार अपराह्न ४ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन । जीतपुरसिमरा उपमहानगरपालिकाको महत्वपूर्ण सहयोग र जगदम्बा स्टिल्स प्रालिको प्रायोजनमा सम्पन्न उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।