सगरमाथा सहकारीको १५ औँ साधारण सभा सम्पन्न

रोशन गुप्ता
बारा, १३ असोज
सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुसिला शर्माको सभापतित्वमा उक्त कार्याक्रम सम्पन्न भएको हो ।

जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताको आतिथ्यतामा सम्पन्न भएको सभामा राष्ट्रिय सहकारी सिमरा शाखा प्रमुख सुरेश लागे, जनकल्याण साकोसका उपाध्यक्ष गणेशजी प्रसाद साह, खुशी बचत साकोस प्रवन्धक बब्लु गुप्ता, ब्रम्हकुमारी राजयोग जितपुर शाखाकी रेनू बहिन लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

 

जितपुर वडा ७ कार्यालयका वडा अध्यक्ष सुनिल कुमार गुप्ताले सहकारीका महिला सदस्यसँगको सहकार्यमा महिला लक्षित कार्यक्रम तयार भएको र अब कार्यान्वयन का लागि तयार रहेको बताए । सीपमूलक तालीममा महिलाको सहभागिता तुलनात्मक रुपमा कम देखिए पनि महिला सशक्तीकरणका लागि वडाले नियमित रुपमा विभिन्न प्रकारका तालीम सञ्चालन गर्दै आएकोमा जोड दिँदै वडाध्यक्ष गुप्ताले प्रभावकारी व्यवस्थापनमार्फत आत्मनिर्भरताको जिम्मा लिन सहकारीलाई आग्रह गर्नुभयो ।

जितपुरसिमरा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख सुदन चौधरीले सहकारी कोषको विविधीकरण गर्नुपर्नेमा जोड दिएका छन । चौधरी सहकारीलाई आफ्नो स्रोत ऋणका लागि मात्र नभई विविध व्यावसायिक उद्यमको खोजी गर्न पनि प्रोत्साहित गर्छ । सहकारीको मुख्य लक्ष्य सहकारी प्रयासहरू मार्फत रूपान्तरण ल्याउनु हो । सहकारीले विभिन्न व्यावसायिक क्षेत्रका अवसरलाई पूँजीकरण गर्नुपर्ने, बजारको मागसँग रणनीतिक रुपमा तालमेल मिलाएर प्रभावकारी रुपमा आयआर्जन गर्नुपर्नेमा वहाँले जोड दिएका छन ।

सञ्चालक समितिका अध्यक्ष सुशीला शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा ७ लाख १८ हजार रुपैयाँ नाफा कमाएको बताएकी थिइन । त्यसपछि संस्थाका सहप्रबन्धक भक्ति रायमाझीले समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसबाहेक, संस्थाले उत्कृष्ट शेयरधनीका केही छात्र÷छात्राहरूको उत्कृष्ट प्रदर्शनको लागि सम्मान गर्दै पत्र प्रदान गरि सम्मान गरिएको छ । यस वर्षको पत्रकारिता पुरस्कार संस्थाले मनोज साहलाई प्रदान गरेको छ ।

सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वडा नं ७ की वडा सदस्य सीता उप्रेतीले शुभकामना व्यक्त गरिन । कार्यक्रमको सहजिकरण देवी सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा ललितादेवी पासवान, शेख नुरुल होडा, वडा सदस्य नविन मैनाली तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *