रोशन गुप्ता
बारा, १३ असोज
तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगितामा फ्रिडम फाइटर भेट्रान क्लबविजयी भएको छ । सिमरा रङ्गशालामा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा फ्रिडम फाइटरले आयोजक टोलीलाई ३–१ अंकले पराजित गर्दै च्याम्पियन बनेको हो ।
नेपालका लागि भिबहादुर श्रेष्ठ, कमल विष्ट र विकर्ण श्रेष्ठले एक–एक गोल गरे भने भेषराज लिम्बूले एक गोल गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका फ्रिडम फाइटरले उपाधिका लागि रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि आयोजक क्लबका गोपीचन्द भट्टले हात पारे । प्रतियोगिताभर १० गोल गर्दै असाधारण क्षमता प्रदर्शन गरेका विकर्ण श्रेष्ठ प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रुपमा चिनिएका छन । रोमाञ्चक फाइनल खेलमा म्यान अफ दि म्याच को उपाधि विकर्ण श्रेष्ठले पनि हात पारे ।
त्यस्तै, फ्रिडम फाइटरका उदयबहादुर गुरु, फ्रिडम फाइटरका मुकुन्द श्रेष्ठ, मिडफिल्ड फ्रिडम फाइटरका राजकुमार घिसी, फ्रिडम फाइटरका सुरज श्रेष्ठ र क्लबका विष्णु सुनार क्रमशः उत्कृष्ट डिफेन्डर र उत्कृष्ट डिफेन्डरको उपाधि बाट सम्मानित भए ।
प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका कृष्णप्रसाद यादव, पूर्व प्रदेशसभा सदस्य शोभा लामा, नेपाली काँग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ता, रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्याम यादव, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवलगायत विशिष्ट व्यक्तिहरुले पुरस्कार प्रदान गरेका थिए । कांग्रेस क्षेत्रीय सभापति लोकेश सिंह, कार्यक्रममा एलएस न्यूरो अस्पताल वीरगञ्जका निर्देशक रामप्रवेशप्रसाद कुर्मी, प्रतियोगिता संयोजक हरि चौधरी, आयोजक क्लबका अध्यक्ष राजकपुर राउतलगायतको उपस्थिति रहेको थियो ।
समापन समारोहमा वरिष्ठ खेलाडी गणेश सुनुवारलाई विशेष सम्मान गरिएको थियो । मञ्जुदेवी गुप्ताको स्मृतिमा यही असोज ७ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका ११ टिमको सक्रिय सहभागिता रहेको थियो । क्लबका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न समापन समारोहको अध्यक्षता प्रदिप गौतमले गरेका थिए ।