रोशन गुप्ता
जीतपुर, १८ असोज
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा सडक मिचेर व्यवसायी गर्नेहरुको समाग्री जफत गरि नगरलाई बुझाइने वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताए ।
वडा कार्यालय जीतपुरले पटक पटक सुचना जारी गरेपनि अटेरी गर्ने सडक व्यवसायीहरुको अर्को पटक समाग्री नै जफत गरिने अलटिमेटम दिइएको छ ।
दशै नजिकिए सँगै टाठा–टाठा बाट आएका ग्राहकहरुलाई बजार आवतजावत गर्ने धेरै समस्या तथा समान्य बाइक निकालन धेरै अपठयारो भएको हुनाले धेरै जसोले जीतपुर बजारमा खरिदारी गर्ने कार्यनै बन्द गरेका छन ।
वडाध्यक्ष गुप्ताले जीतपुरको सरसफाई र सौन्दर्यबढाउन र ६ लेनको सडकलाई व्यवस्थित बनाउन अभियान शुरु गरेका हुन । अभियान अन्तर्गत दशै नजिकिए सँगै बजारमा ग्राहकको अवगमनमा असर भएकोले वडा अध्यक्ष आज बेलुकी ७ बजे वहाँ लगायत सम्पुर्ण वडा टिमले सडक छेउछाउमा राखिएका साना फलफुल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायी संचालन गर्नेले राखेका सम्पुर्ण समाग्री प्रहरी प्रशासन लगाएर हटाएका छन ।
फेरी अर्को पटक अटेरी गर्नेहरुको समाग्री समेत जफत गरि नगरलाई बुझाइने गुप्ताले बताए ।

