बारामा जलाईयो भन्सार नियमावली, ११ बजे देखि जिल्ला भंसार कार्यालयहरु घेराउ गर्ने

बारा, १९ असोज

बारा जिल्लाको भलुही चौकमा भन्सार नियमावली संशोधनको माग सहित भन्सार नियमावली जलाइएको छ ।

आम जनता पार्टीका प्रदेश अध्यक्ष उमेश कुश्वाहा तथा जिल्ला इंचार्ज अशोक लामाको नेतृत्वमा आम जनताहरुको उपस्थितिमा नियमावलीमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको प्रावधानलाई जलाएको हो । 

तराई मधेशमा प्रहरीद्धारा भईरहेको छिनछोर एवं लुटकारी राजस्व नीतिको विरुद्ध निरन्तर आजपाले लडिरहेको छ । आज ११ बजे देखि जिल्ला भंसार कार्यालयहरु घेराउ गर्ने कार्यक्रम उमेश कुश्वाहाँले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *