भूकम्पका कारण मृत्युभएका परिवारलाई जनही दुई लाख दिने घोषणा

रोशन गुप्ता

काठमाडौँ, १९ असोज

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले बझाङमा गएको भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई रु २ लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बझाङको सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाली सेनाको हेलिकप्टर मार्फत अवलोकन पश्चात ण्शुक्रबार उक्त घोषणा गरेका हुन ।

प्रधानमन्त्रीको सचिवालयले पहिरोपीडित प्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृत्कका परिवारलाई तत्काल रु दुई लाख उपलब्ध गराउने जनाएको छ । भूकम्पबाट घर पूर्णरुपमा भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराइने छ ।

भूकम्प प्रभावित अन्य परिवारलाई पूर्व निर्धारित मापदण्ड र प्रभावित घरधुरीको सङ्ख्याका आधारमा तत्काल रु १५ हजार देखि रु २० हजारसम्मको राहत वितरण गरिनेछ । मङ्गलबार आएको बझाङमा गएको भूकम्पले पारेको प्रभावको विस्तृत मूल्याङ्कनले सामान्य मर्मत सम्भार, सुदृढीकरण वा पुनःनिर्माण आवश्यक छ कि छैन भन्ने निर्धारण गर्नेछ ।

सरकारले अपाङ्गता भएका व्यक्तिका लागि टेन्ट, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, सामग्रीलगायत राहत सामग्रीको व्यवस्था गरिसकेको छ । थप स्रोत साधनको आवश्यकता परेमा तीनै तहका सरकारबीच समन्वय गरी व्यवस्थित गरिनेछ ।

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार को व्यवस्था गरिएको छ । क्षतिग्रस्त, भत्किएका र आंशिक क्षति भएका संरचना तथा घरको दीर्घकालीन पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि स्थानीय तह र जिल्ला प्रशासनबाट क्षति मूल्याङ्कनका आधारमा कार्ययोजना तर्जुमा गरिनेछ ।

सरकारी कार्यालय, सामुदायिक भवन, विद्यालय तथा अन्य अत्यावश्यक संरचनाको पुनःनिर्माणलाई प्राथमिकता का साथ अघि बढाइनेछ । यसका अतिरिक्त, विशेष गरी बझाङ जस्ता उच्च जोखिम युक्त क्षेत्रमा हालैका भूकम्पबाट पाठ सिकेर जोखिम मूल्याङ्कन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको कार्यान्वयन भइरहेको छ ।

बझाङ र सुदूरपश्चिमको समग्र विकासका लागि महत्वपूर्ण विभिन्न परियोजनाप्रस्ताव गरिएको छ । हालै चीन भ्रमणका क्रममा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट नाका र दार्चुलाको तिङ्कर नाका खोल्ने सहमति भएको थियो । नेपालतर्फ दिपायल–खुटिया–उरै–ताक्लाकोट द्रुतमार्ग सडक र तिङ्कर जोड्ने महाकाली करिडोरका लागि रकम सुरक्षित गरिएको छ । 

प्रचुर प्राकृतिक स्रोतका लागि परिचित बझाङमा खानी उद्योग र पर्वतीय पर्यटनका क्षेत्रमा तीनै तहका सरकारबीचको सहकार्यले परियोजना सञ्चालन गर्नेछ ।

नेपालको आर्थिक विकास र विद्युतीकरणमा महत्वपूर्ण योगदान पु¥याउने पश्चिम सेती जलविद्युत् आयोजना कार्यान्वयनका लागि आवश्यक कदम चाल्न सरकार प्रतिबद्ध छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, स्थानीय निकाय, नागरिक समाज, दातृ निकाय, निजी क्षेत्र लगायत भूकम्पपीडितको उद्धार, राहत र सहयोगमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन् ।

भ्रमण दलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउद सहभागी छन् । बझाङको तल्कोट र चैनपुरमा गत असोज २२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनले जिल्लामा ठूलो क्षति पु¥याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *