विश्वकपको पहिलो उपाधि श्रीलंकाको, नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो

रोशन गुप्ता
जीतपुर, ०४ कार्तिक
एक दिवसीय क्रिकेट विश्वकपमा श्रीलंकाको पहिलो जित हात पार्न सफल भएको छ । लखनउमा शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्ड्सले दिएको २ सय ६३ रनको लक्ष्य श्रीलंकाले ४८ दशमलव २ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका लागि सदिरा समरविक्रमाले अविजित ९१, पाथुम निसानकाले ५४ र चरिथ असालंकाले ४४ रनको योगदान दिए । नेदरल्यान्ड्सका लागि आर्यन डाटले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा अलआउट हुँदै २ सय ६२ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि सिब्रान्ड इन्गेलब्रेचले ७० र बीकले ५९ रनको योगदान दिए । बलिङतर्फ श्रीलंकाका दिलशान मदुशङ्का र कासुन रजिथाले समान ४–४ विकेट लिए ।

यो जितसँगै श्रीलङ्का चार खेलबाट दुई अङ्कका साथ नवौँ स्थानमा छ भने नेट रनरेटका आधारमा नेदरल्याण्ड्स पनि सोही खेलबाट दुई अङ्कका साथ आठौँ स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *