सिमरामा नेपाल खेलकुद महासंघ द्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

रोशन गुप्ता
बारा, २५ कार्तिक
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा २ सिमरामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेकपा एमालेका जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ जीतपुरसिमरा उपमहानगरपालिका कमिटीको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आज सम्मपन्न भएको छ ।

महासंघका नगर अध्यक्ष सोमलाल वमजनको अध्यक्षता र नेकपा एमालेका पोलिट वियुरो सदस्य पुरुषोतम पौडेलको प्रमुख अतिथ्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्मपन्न भएको हो । 

कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल, मधेश प्रदेश कमिटी सदस्य तारा बहादुर कार्की , नगर अध्यक्ष भोला अधिकारी, मधेश प्रदेश कमिटी सदस्य सुन्दर बिक, मधेश प्रदेश कमिटी सदस्य देवनारायण चौधरी , मधेश प्रदेश कमिटी सदस्य किशोर शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वक्ताहरुले शुभकामना दिदै दिपावली सवाधानी पुर्वक तरिकाले मनाउन आग्रह समेत गरे ।

कार्यक्रममा नगर उपसचिव तिलक ठकुरी , जिल्ला सल्लाहकार हिरा बसनेत, नगर सचिवालय आरिफ हुसेन, सोम लाल बमजन, अमृत लाल श्रेष्ठ, सिमा ठकुरी, बरुण गौतम, वडा १२ का वडाध्यक्ष श्याम बाबु खा, वडा १३ का वडाध्यक्ष हेमनारायण चौधरी , वडा १४ का वडा अध्यक्ष चयन गुरुङ लगायतको सहभागिता रहेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *