हरिनारायण रौनियार जसपा त्यागेर एमालेमा प्रवेश

आर के गुप्ता
बारा, ५ मंसिर
जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमाले प्रवेश गरेका छन ।

२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रौनियार जसपा छाडेर एमाले प्रवेश गरेका हुन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरीयामा आयोजित आमसभा तथा वृहत पार्टी प्रवेश कार्यक्रममा रौनियारलाई पुष्पमाला र टीका लगाएर पार्टी प्रवेश गरेका हुन ।

नेपाल सुशासन पार्टीका केन्द्रीय सदस्य विना देवी सहित विभिन्न दलका सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।

जास्पामा एक वर्षदेखि निष्क्रिय रहेका रौनियारले केही दिनअघि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । त्यही क्रममा उनले एमालेमा जाने प्रस्ताव राखे । रौनियारको प्रस्तावलाई ओलीले स्वीकार गरेपछि आज पोखरियामा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष समेत रहेका रौनियारले जसपा र यसका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दा बिर्सेर व्यक्तिगत स्वार्थमा लागिरहेको आरोप लगाए । उनले जास्पाको अधिकारभन्दा मधेस र मधेसी जनताको अधिकार भन्दा सत्ताको लोभ बढी भएकाले जास्पा छोडेर एमालेमा आबद्ध भएको बताए । एमाले अध्यक्ष केपी ओलीबाट देशको विकास र समृद्धि सम्भव भएकाले आफू एमाले प्रवेश गरेको उनले बताए ।

एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्वमन्त्री ज्वाला शाह, अच्युत मैनाली, केन्द्रीय सदस्य अरविन्द सिंह, राजकुमार गुप्तालगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *