आर के गुप्ता
बारा, ८ मंसिर
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ स्थित रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयले विद्यार्र्थी सँग कुनै प्रकारको शुल्क लिदैन । यस क्षेत्रका अन्य सरकारी विद्यालयहरूले विभिन्न कारण देखाइ शुल्क लिने गरेका हुन्छन तर यस संस्थाले आर्थिक बोझ बिना शिक्षा प्रदान गर्ने गरेको वडा अध्यक्ष सुलिन कुमार गुप्ता बताउ छन ।
विद्यालयको शैक्षिक स्थितिमा उल्लेखनीय सुधार भएको छ, जसले विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्नुको साथै पोशाक, झोला र पुस्तकहरू जस्ता अत्यावश्यक वस्तुहरू पनि प्रदान गर्दछ ।
विश्व विज्ञान दिवसको अवसरमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीको आयोजना गरी निजी विद्यालयका विद्यार्थीहरूको तुलनामा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालयको शैक्षिक दिशामा सकारात्मक परिवर्तन सँगै विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सुनिल गुप्ता नियुक्त भएका छन । उनको निर्देशनमा विद्यालयको शैक्षिक गिरावट उल्लेखनीय रूपमा प्रगति भएकोले विधार्थीहरुको भर्ना पनि वृद्धि भएको वडा सदस्य सिता उप्रेतिले बताएकी छिन ।

