रौतहटमा मोटरसाइकलको ठक्करबाट २५ वर्षीय युवकको मृत्यु

जय प्रकाश साह
बिरगंज, १८ चैत्र
रौतहटमा आज बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा इनरवारी का २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको छ । परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बीचमा भएको दुर्घटनामा पासवान गम्भीर घाइते भएका थिए । उपचारका लागि वीरगञ्ज लगिए पनि उपचारका क्रममा उनको दुःखद निधन भएको थियो ।

रौतहटको बौधीमाई नगरपालिका–४ इनारवारीका सुरेश पासवान र परोहा नापा जिगाडवा निवासी अलियास को मृत्यु भएको हो । ठक्करबाट घाइते भएका सुरेश पासवानको अवस्था गम्भीर भएकाले थप उपचारका लागि तत्काल वीरगञ्ज लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *