जीतपुरसिमरामा ठक्करबाट एक डयुटीमा खटेका प्रहरीको मृत्यु

पवन सिंह
बारा, २४ चैत्र
बाराको अमलेखगन्ज चोकमा बसको ठक्करबाट पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरका ट्राफिक प्रहरी मुनटुन यादवको मृत्यु भएको छ । वाग्मती प्रदेश ०१–०० ख ६१२३ नम्बरको बस काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा शुक्रबार राति सवा ११ बजे दुर्घटना भएको हो ।

बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार यादव ड्युटीमा रहेका बेला बसले ठक्कर दिँदा यादवको मृत्यु भएको हो । यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *