गुजरातमा भाजपाले २५ सिट जित्यो, कांग्रेसको बल्ल एउटा खाता खुल्यो

एजेन्सी, जेठ २२

गुजरातमा भारतीय जनता पार्टीले ठूलो जित हासिल गरेको छ । गुजरातमा भाजपाले २५ सिट जितेको छ भने कंग्रेसले १ सिट मात्र जितेको छ । तर, सन २०१९ मा कंग्रेसले आफ्नो खाता समेत खोलेको थिएन तर यस पटक भाजपाको मिसन क्लिन स्वीप रोकिएको छ । गुजरातको गान्धीनगरबाट अमित शाहसहित धेरै सिटमा भाजपाका उम्मेदवार विजयी भएका छन ।

गुजरातमा २६ लोकसभा सिट छन । तेस्रो चरणमा मई ७ मा यहाँ २५ सिटमा मतदान भएको थियो । विपक्षी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि सुरत सीटमा भाजपाका मुकेश दलाल निर्विरोध निर्वाचित भएका थिए । राज्यमा कांग्रेस र आम आदमी पार्टीले यस पटक “इन्डिया अलायन्स” अन्तर्गत मिलेर चुनाव लडेका थिए । आम आदमी पार्टीले भरूच र भावनगर सिटमा आफ्ना उम्मेदवार उतारेको छ भने बाँकी २३ सिटमा कंग्रेसका उम्मेदवारले चुनाव लडेका छन ।

सन २०१९ को लोकसभा चुनावमा भाजपाले गुजरातका सबै २६ सिटजितेको थियो । कांग्रेसले गुजरातमा एक सिट पनि जित्न सकेन । सन २०१४ को लोकसभा चुनावमा पनि भाजपाले गुजरातका सबै २६ सिट जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *