जीतपुरसिमराका वडा अध्यक्ष विरुद्ध अदालतको पक्राउ पुर्जी

रोशन गुप्ता 

बारा, १९ मंसिर

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साह विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । स्थानिय निर्वाचन २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) बाट निर्वाचित अध्यक्ष साहलाई अदालतले पक्राउ गर्दै अदालतमा हाजिर गराउन प्रहरीलाई पत्र पठाएको छ ।

गत मंसिर १४ गते अदालतले जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेख्दै शाहलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । 

जिल्ला अदालत बाराका अनुसार वडाध्यक्षलाई चेक अनादर गरेको अभियोगमा पक्राउ गर्न लागिएको हो । वडाध्यक्ष चेतनारायण मुखिया बिन विरुद्ध सोही कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो । तर, अदालतको आदेशका बावजुद बारा प्रहरी कारबाही गर्न हिचकिचाउँछ । उनको राजनीतिक सम्बन्धका कारण उनलाई पक्राउ गर्न ढिलाइ भएको हुन सक्ने स्थानीयको आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *