बारा प्रहरीले सात सय ५० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्ज चोकमा हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेका केही सवारी साधनलाई रोकेको हो ।
बरामद गरिएको मदिराको बजार मूल्य करिब ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायको रोहवरमा मदिरा नष्ट गरिएको जानकारी दिए ।